You are viewing the translated version of मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको काम, कर्तव्य र अधिकार.

Section 25
मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको काम, कर्तव्य र अधिकार
दफा २४ बमोजिमको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-
(क) आफ्नो मन्त्रालय र अन्तर्गतका योजनाको कार्यान्वयन स्थितिको समीक्षा गर्ने,
(ख) खण्ड (क) बमोजिम समीक्षा गर्दा योजनाको कार्यान्वयनमा देखिएका समस्याको सम्बन्धमा छलफल गरी समाधान गर्ने,
(ग) कुनै .योजना_ कार्यान्वयनमा देखिएका समस्यामध्ये समाधान हुन नसकेका विषयमा लिनुपर्ने निर्णयका विकल्पहरु पहिचान गरी सिफारिस सहित राष्ट्रिय विकास समस्या समाधान समितिमा राख्न आयोगमा पठाउने,
(घ) सम्बन्धित मन्त्रालय अन्तर्गतको द्वैमासिक, चौमासिक तथा वार्षिक प्रतिवेदन उपर छलफल गर्ने, र
(ङ) मन्त्रालय तथा सम्बन्धित विभागको मातहतमा सञ्चालित योजनाको सम्बन्धमा सम्बन्धित निकाय वा अधिकारीले अनुगमन वा मूल्याङ्कन गरे वा नगरेको निर्क्यौल गरी आवश्यक निर्देशन दिने।